भैरहवा । पछिल्लो समय सुधार र बिकासको क्रममा रहेको भैरहवाको भिम अस्पताललाई सुबिधा सम्पन्न कोरोना डेडिकेटेड अस्पतालको रुपमा अगाडि बढेको छ ।
अस्पताल संचालनका लागि आबश्यक पर्ने भौतिक पुर्वाधार तथा जनशक्ति तयार गर्ने काम अन्तीम चरणमा पुगेको छ । भौतिक संरचना निर्माण तर्फ अहिले सम्म ५ बेडको आईसियु बेड, ३ बटा भेन्टिलेटर र ३० बेडको जनरल आईसोलेसन वार्ड निर्माण गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर नविन दर्नालले जानकारी दिए ।
आउदो २/३ दिन भित्रमा अस्पताललाई कोरोनाका बिरामीलाई उपचार गर्नेगरी सञ्चालनमा ल्याउने गरी तयारी व्यापक बनाईएको अस्पतालका मेडिकल सुपरिटेण्डेन दर्नालले बताए । उनले कोरोना संक्रिमितको उपचारका लागि ६ जना बिशेषज्ञ डाक्टर, ८ जना मेडिकल अधिकृत र २५ जना स्टाफ नर्स रहने बताए ।
अस्पतालमा कोरोनाको आशंका लागेका बिरामीलाई आईसुलेसनमा राखेर उपचार गर्ने देखि कोरोना संक्रमितसम्मको उपचार गरिने अस्पतालका सुचना अधिकारी गोपाल उपाध्यायले जानकारी दिए । स्वास्थ्यकर्मीहरुलाई तालिम भीम अस्पतालमा निर्माण गरिएको कोरोना डेडिकेटेट अस्पतालमा कार्यरत डाक्टर तथा नर्सहरुका लागि तालिम प्रदान गरिएको छ ।
भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पतालको संयोजनामा भीम अस्पतालमा काम गर्ने डाक्टर तथा नर्सहरुका लागि तालिम प्रदान गरिएको हो ।