वैज्ञानिक तथ्य भन्दछ, नोभल कोरोना भाइरस संक्रमित ८० प्रतिशत मानिसहरुलाई कोभिड १९ ले कुनै असर गर्दैन। कतिपय यस्ता मानिसहरुलाई कोरोना संक्रमण भएको अवगत समेत हुँदैन।
शरीरले स्वस्फुर्तरुपमा यस्ता भाइरसलाई खेदेर बाहिर फ्याँकिदिन्छ। यस प्रक्रियामा कसै कसैलाई ज्वरो आउन सक्दछ। ती मध्य कतिपय सिटामोल आदि खाएर नै निको हुन्छन्। तर, २० प्रतिशत मानिसहरु, जो दीर्घरोगहरुबाट पीडित छन्, रोगप्रतिरोधात्मक शक्ति कमी छ, उनीहरुमा नै कोभिड १९ देखा पर्दछ। यस्ता मानिसहरुलाई नै बढी जोखिम हुन्छ।
यस्ता बिरामीहरुलाई नै सघन उपचारको आवश्यकता पर्दछ। तर, अहिलेसम्म यस संसारमा कोरोना लगायत कुनै पनि भाइरसको औषधि छैन। कोभिड १९ को लागि क्वारेन्टाइनमा राखेर लक्षणहरुको आधारमा उपचार गर्ने हो। अहिले चलेको उपचार विधि यही हो।
तर, कोरोना लगायत भाइस संक्रमणको उपचारको अर्को पाटो पनि छ। त्यो हो, प्राकृतिक जीवनशैली र उचित आहार। त्यो किनभने प्राकृतिक आहार तथा जीवनशैलीले रोगहरुको रोकथाम मात्र गर्दैन कि रोगहरुको उपचार समेत गर्छ भन्ने कुरा अब वैज्ञानिक रुपमा नै प्रमाणित भएको छ।
त्यसैले संसारले मनन गर्नु पर्ने कुरा के हो भने प्रकृतिले प्राणीहरुलाई जीवन मात्र होइन रोगहरु लागेको खण्डमा औषधि पनि दिएको छ। कुकुर तथा बिरालो बिरामी भएको खण्डमा के गर्छ ? फास्टिङ गर्छ। झारपात खान्छ। होइन ? यो कुरा उनीहरुले कुनै स्कुल तथा मेडिकल कलेजमा सिकेका होइनन्। प्रकृतिले सिकाएको हो।
वास्तवमा रोगहरुको वास्तविक औषधि भनेको नै प्रकृति हो, आहार हो। भनाई नै छ, खानिपिन ठीक भयो भने रोग नै लाग्दैन, खानपिन ठीक भएन भने औषधिले पनि काम गर्दैन। तर अहिले यस विज्ञान ओझेल परेको छ। मानिसहरु टेबलेट र क्याप्सुलका पछाडि दौडिरहेका छन्। प्राकृतिक नियमको धज्जी उडाएका छन्। नतिजा, रोगहरु झनै ह्वात्तै बढेका छन्। अनेक प्रकारका भाइरसहरु रौसिएका छन्, बौरिएका छन्।
अतः विश्वलाई स्वस्थ र निरोग बनाउने हो भने प्राकृतिक जीवनशैली अपनाउने र आहारलाई नै औषधि बनाउने पर्ने विश्वका कतिपय विशेषज्ञहरुको भनाइ छ। आहारबाट अनेक रोगहरु ठीक भएका प्रशस्त वैज्ञानिक प्रमाणहरु पनि छन्।
स्वाइनफ्लू, डेंगू तथा कोभिड १९ समेत आहारबाट नै ठीक हुन सक्ने अनेक वैज्ञानिक अध्ययनहरु समेत प्रकाशित भइसकेका छन्। तर मेडिकल माफियाको नियन्त्रणमा रहेको स्वास्थ्य क्षेत्रको ध्यान त्यत्तापट्टि जाने कुरै भएन ? तर विश्वलाई रोगमुक्त बनाउने हो भने आम मानिसको ध्यान त्यतापट्टि जानु नितान्त आवश्यक छ। सचेत भएर आफ्ना लागि आफैं अग्रसर हुन जरुरी छ। यसो गरेमा कोरोना जस्ता भाइरसले यसरी आतंक मच्चाउन सक्दैन।
कोरोनाको रोकथामः
कोरोना संक्रमणको रोकथाम हरेक मानिसको आफ्नै हातमा छ। त्यसैले कोरोना भाइरस संक्रमणलाई रोकथाम गर्न समाजिक दुरी राख्ने, भीडभाडबाट टाढा रहने, सरसफाइका साथै आहारबिहारमा विशेष ध्यान दिने। योग, प्राणायाम तथा व्यायाम गर्ने, चुरोट, रक्सी, चिसो तथा गुलियो पदार्थ, फास्टफुड्स, जंकफुड्स सेवन नगर्ने, गिलोय, तुलसी, अमला, कागति, अदुवा, प्याज, बेसार तथा लहसुन आदि कुनै न कुनै रुपमा सेवन गर्ने।
वैज्ञानिक अध्ययन भन्छ, यदि मानिसको शरीरको रगत प्लाज्मामा लगभग 16 mcmol/L भिटामिन सी हुन्छ भने भाइरस तथा ब्याक्टेरियाले आक्रमण गर्न नसक्ने लगभग ८० प्रतिशत चान्स हुन्छ।
यदि गरिहाले पनि शरीरको इम्युनिटिले यस्ता भाइरस तथा ब्याक्टेरियालाई खेदेर शरीर बाहिर फ्याँकिदिन्छन्। भिटामिन सीको प्रमुख स्रोतहरु भनेको अमला, कागति, सुन्तला, मौसमी तथा अन्य अमिलो फलफुल तथा तरकारीहरु हुन्।
अतः दैनिक दुई दाना ताजा अमला वा एक चम्चा शुद्ध अमला पाउडर सेवन गर्ने हो भने इम्युनिटि बढाउने मात्र होइन, अनेक स्वास्थ्य लाभ प्राप्त हुन्छ। अर्को महत्वपुर्ण कुरा डरत्रासले पनि मानिसको इम्युनिटि कमजोर बनाउँछ। कोरोनाबाट यतिविधि त्राहीमाम हुन जरुरी छैन। कोरोना खतरनाक छैन, तर लापरवाही गरे खतरनाक हुन सक्दछ।
कोभिड १९ को आहार चिकित्साः
अनेक वैज्ञानिक अध्ययनका आधारमा पोषणविद् तथा प्राकृतिक चिकित्सकहरुले बनाएको स्वाइनफ्लू, डेंगू तथा कोभिड १९ आदिको आहारा चिकित्सा यस्तो छः
पहिलो दिनः सिर्फ सुन्तला, अमला तथा मौसमीको आदिको रस तथा नरिवल पानी पिउने। कति पिउने भन्दा आफ्नो तौलको दस भाग अर्थात शरीरको वजन ८० केजी छ भने ८, ८ गिलास ) एक एक घण्टामा पिउने।
दोस्रो दिनः सुन्तला, अमला तथा मौसमीको आदिको रस तथा नरिवल पानी ४, ४ गिलास र शरीरको तौलको ५ गुणा ( शरीरको वजन ८० केजी छ भने ४०० ग्राम ) काँचो टमाटर र काँक्रो सेवन गर्ने।
तेस्रो दिनः बिहानको नास्ताको रुपमा दुई दुई गिलास सुन्तला, अमला तथा मौसमीको आदिको रस तथा नरिवल पानी पिउने तथा लन्चमा ४०० ग्राम टमाटर र काँक्रो सेवन गर्ने। अनि डिनरमा घरमै बनाएको तेल मसला कम हालेको साधा खाना खाने।
अतः यसरी तीन दिन यो प्राकृतिक तरिका अपनाउने हो भने रुघाखोकीको ज्वरोबाट मात्रै होइन, डेंगु तथा कोभिड १९ को संक्रमणबाट समेत पुर्णतया मुक्त रहन सकिन्छ भन्ने उनीहरुको दावि छ। कतिपय पोषणविद्ले त यसलाई फ्लू, डेंगु तथा कोरोनाको ग्यारेन्टि उपचार भनेका छन्। त्यसतर्फ विश्व स्वास्थ्य संगठनको ध्यान जान जरुरी छ।
(लेखक साइकोथेरापिष्ट हुन्।)