बुटवल-कोरोना संक्रमणको आशंका गरिएका बुटवलका युवामा त्यस्तो खालको संक्रमण नभएको पाईएको छ।
२१ वर्षका ती युवामा कडा खालको निमोनिया देखिएको र उनको सम्पर्कका कारण कोरोना भाईरसको संक्रमण हुनसक्ने आशंका चिकित्सकहरूले गरेका थिए।
सोहीअनुसार उनको घाँटीभित्रको र्यालको नमूना परीक्षण गर्दा संक्रमणको पुष्टि नभएको लुम्बिनी प्रादेशिक अस्पतालका फोकल पर्शन डा सुदर्शन थापालेे लुम्बिनी टाईम्सलाई जानकारी दिए।
केन्द्रीय प्रयोगशालामा गरिएको परीक्षणले कोरोनाको संक्रमण नभएको पुष्टि गरेको उनले बताए। उनले काठमाडौंबाट टेलिफोनमार्फत बेलुका जानकारी पाएको बताए।
उनका अनुसार ती युवाको स्वास्थ्यमा सुधार भईरहेको छ।