काठमाडौँ -मौसम परिवर्तनसँगै नेपालमा डेंगु रोग देखिन थालेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार देशभरका विभिन्न अस्पतालहरुबाट सन् २०२० (जनवरीदेखि मार्च १३ सम्म)मा ३६ जना डेंगुका बिरामी देखिएका छन्।
तथ्यांकअनुसार प्रदेश नं. १ मा ६ जनामा डेंगु देखिएको छ। जसअनुसार झापामा १, मोरङमा ३, सुनसरीमा २ जना, वाग्मती प्रदेशमा ९ जना (नुवाकोटमा १, काठमाडौंमा ३, ललितपुरमा ३, रामेछापमा १, मकवानपुरमा १ जना), गण्डकी प्रदेशमा ५ जना (गोरखा १, म्याग्दी १, कास्की २, नवलपरासी सुस्ता पूर्व १), प्रदेश नं. ५मा १४ जना (नवलपरासी सुस्ता पश्चिम १, रुपन्देही ११, कपिलवस्तु १, बाँके १) र सुदुरपश्चिम प्रदेशमा २ जना (डडेलधुरा १, कैलाली १)मा डेंगु देखिएको हो।