बुटवल-रुपन्देहीमा एकैदिन ४१९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। योसँगै रुपन्देहीमा सक्रिय संक्रमितको संख्या १ हजार ८ सय ८७ पुगेको छ।
स्वास्थ्य कार्यालय रुपन्देहीले मंगलबार बेलुका सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या बढेर १ सय ७५ पुगेको छ। पछिल्लो २४ घण्टामा थपिएका ४१९मध्ये सबैभन्दा धेरै बुटवलका छन्।
पछिल्लो २४ घण्टामा बुटवलका २१३ जना, तिलोत्तमाका १०८, सिद्धार्थनगरका ४३ जना, सैनामैनाका १६ जना, देवदहका १४ जना, सुद्धोधनका ७ जना, समरीमाइका ५ जना, कञ्चनका ४ जना, ओमसतियाका २, रोहिणी, लुम्बिनी, कोटहीमाई, मायादेवी, गैडहवाका १-१ जना थपिएका छन्।