बुटवल–लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत थप दुइ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना रुपन्देही र अर्का कपिलबस्तुका हुन्।
बुटवल उपमहानगरपालिका ७ का ४२ वर्षिय पुरुषको गयराती साढे ११ बजे मृत्यू भएको हो। यही मंसिर ५ गते कोरोना संक्रमण पुष्टी भएपछि उनलाई कोरोना अस्पतालमा भर्ना गरिएको थियो। ति पुरुषमा ज्वरो र स्वाशप्रस्वाशको साथै मिर्गौला सम्बन्धी समस्या पनि रहेको लुम्बिनी प्रादेशिक अस्पतालका सुचना अधिकारी डा. विष्णु गौतमले बताए।
त्यसै गरी कपिलबस्तु बुद्धभूमी नगरपालिका २ गोरुसिंहेका ७४ वर्षिय पुरुषको पनि गयराती मृत्यू भएको छ। कोरोना संक्रमण पुष्टी भएर मंसिर ९ गते अस्पतालमा भर्ना भएका उनको गयराती साढे १० बजे मृत्यू भएको अस्पतालका सुचना अधिकारी गौतमले बताए । उनमा ज्वरो स्वाशप्रस्वाशको समस्याका साथै मिर्गौलाको रोग समेत रहेको अस्पतालले जनाएको छ।