काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारसम्म देशभर २९६ जना कोरोना संक्रमितको आईसीयुमा र ६९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ३१, प्रदेश २ मा १२, बागमतीमा १८४, गण्डकीमा १५, लुम्बिनीमा ४५, कर्णालीमा ४ र सुदूरपश्चिममा ५ जना कोरोना संक्रमितको आईसीयुमा उपचार भइरहेको छ।
यस्तै प्रदेश १ मा ९, बागमती प्रदेशमा ५२, गण्डकी प्रदेशमा ३ र लुम्बिनी प्रदेशमा ४ तथा सुदूरपश्चिम प्रदेशमा १ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ।
यसअघि शुक्रबारसम्म देशभर ३०० जना कोरोना संक्रमितको आईसीयुमा र ७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको थियो।
पछिल्लो २४ घण्टामा थप २ हजार ५०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा थप २ हजार ५०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ रहेको छ।
पछिल्लो २४ घण्टामा ९ हजार २७९ पीसीआर परीक्षण गरिएको थियो।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार २६४ जना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या १ लाख ३१ हजार २२२ पुगेको छ। यो कूल संक्रमितको ७६.९ प्रतिशत हो।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १७ जनाको ज्यान गएको छ। योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ९३७ पुगेको छ।