काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ६४ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा ३, उदयपुरमा १, ओखलढुंगामा ३, खोटाङमा १, झापा ३८, तेह्रथुम ३, धनकुटामा १, भोजपुरमा १, मोरङमा ३२, संखुवासभामा ४, सुनसरीमा ६०, धनुषामा ७, पर्सामा २, बारामा १, महोत्तरीमा १, रौटहतमा ७, सप्तरीमा ५, सर्लाहीमा २, सिरहामा ६, काठमाडौँमा १ हजार ३ सय ३८, काभ्रेमा ६, चितवनमा ९७,दोलखामा १६ र धादिङमा ८ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै नुवाकोटमा १२, भक्तपुरमा ९७, मकवानपुरमा ४७, रसुवामा ४, रामेछापमा ३, ललितपुरमा १ सय ८०, सिन्धुपाल्चोकमा ८, सिन्धुलीमा १०, कास्कीमा ७३, गोरखामा ३६, तनहुँमा १७, नवलपरासीपूर्वमा ३१, पर्वतमा ५, म्याग्दीका ५, लमजुङमा २, बागलुङमा १, स्याङ्जामा ६, अर्घाखाँचीका ४, कपिलवस्तुका ४, गुल्मीमा ५, दाङमा १३, नवलपरासीमा ७, पाल्पामा ५, प्यूठानमा १, बर्दियामा ७, बाँकेमा ३७, रुपन्देहीमा ५७, रोल्पामा १, कालिकोटमा २३, जाजरकोटमा २, जुम्लामा ७, दैलेखमा ३, सुर्खेतमा १, हुम्लामा १, अछाममा १, कञ्चनपुरमा १, कैलालीमा ४, डढेलधुरामा २ तथा बझाङमा २ जनामा कोरोना पुष्टि भएको छ।
काठमाडौँ उपत्यकामा मात्रै बिहीबार थप १ हजार ६ सय १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या नौ सय नाघेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९०४ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्रै थप १७ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार बिहीबार ३ हजार ३८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख २४ हजार ८ सय ६२ पुगेको छ।
पछिल्लो २४ घण्टामा ९ हजार ७ सय ६९ जनाको पीसीआर परीक्षण गरिएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ९ सय ५२ रहेको छ भने २ हजार ६ सय ८९ जना क्वारेन्टिनमा छन्।
मन्त्रालयले बिहीबार देशभर ३०४ जना कोरोना संक्रमितको आईसीयुमा र ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ३६ , प्रदेश २ मा १३, बागमतीमा १८४ , गण्डकीमा १३, लुम्बिनीमा ४९, कर्णालीमा ४ र सुदूरपश्चिममा ५ जना कोरोना संक्रमितको आईसीयुमा उपचार भइरहेको छ।
यस्तै प्रदेश १ मा १० , प्रदेश २ मा २, बागमती प्रदेशमा ५७, गण्डकी प्रदेशमा २ र लुम्बिनी प्रदेशमा ५ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ।