भैरहवा–रुपन्देहीमा बिहीबार १५ जना संक्रमित कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा ९१ जना संक्रमित थपिएसगै जिल्लामा संक्रमितको संख्या दुइ हजार ७ सय २ पुगेको छ।
विभिन्न ल्याबमा गरिएका परिक्षण अनुसार बिहीबार साँझ ६ बजे सम्ममा विभिन्न ८ पालिकाका ३२ महिला र ५९ पुरुषमा कोरोना भाइरस कोभिड–१९ संक्रमण देखिएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक तथा कोभिड फोकल पर्सन केदारनाथ शाहले लुम्बिनी टाइम्सलाई जानकारी दिए।
शाहका अनुसार सबैभन्दा बढी बुटवल उपमहानगरपालिका २१ महिला ३३ पुरुष गरी ५४ जनामा थप संक्रमण देखिएको छ।
त्यस्तै सिद्धार्थनगरमा ८ जना, तिलोत्तमामा १६ जना, शुद्धोधनमा ५ जना, सैनामैनामा ४ जना, सियारीमा २ जना मायादेवी र रोहिणीमा थप १÷१ जनामा संक्रमण पुष्टि भएको छ। कार्यालयका अनुसार हालसम्म संक्रमण भएकामध्ये २५ जनाको मृत्यु भएको छ।
जिल्लाका विभिन्न क्षेत्रबाट १९४७ जना निको भएर फर्किसकेका छन् भने ७३० जना सक्रिय संक्रमित विभिन्न आइशोलेशनमा उपचाररत छन्।