बुटवल-बुटवलमा आज सोमबार ६५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
आज थपिएकामध्ये ३९ जना पुरुष र २६ जना महिला हुन्। बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखाका अनुसार बुटवलमा जम्मा संक्रमितको संख्या ५८२ पुगेको छ।
जसमध्ये ३०१ जना सक्रिय संक्रमित रहेका छन्। बुटवलमा सोमबारसम्म ७ जनाको मृत्यु भएको छ ।
सोमबारको तथ्यांकअनुसार वडा नं १ मा १, ३ मा ५, ५ मा ८, ७ मा १२, ८ मा ४, ९ मा ५, १० मा १३, ११ मा ८, १३ मा ४, १४ मा १, १५ मा ४ जना संक्रमित थपिएका हुन्।