बुटवल-लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत थप १ जना संक्रमितको मृत्यु भएको छ।
कपिलवस्तु शिवराज नगरपालिका वडा नं ५ की ४७ वर्षीया महिलाको उपचारका क्रममा सोमबार बिहान साढे ४ बजे मृत्यु भएको अस्पतालका कोरोना श्रोत व्यक्ति डा सुदर्शन थापाले जानकारी दिए।
भदौ २१ गते कोरोना संक्रमण पुष्टि भएर अस्पतालमा उपचाररत उनमा मिर्गौलाको समस्या थियो। उनले डायालिसिस् गराउँदै आएकी थिइन्। उनको आइसीयूमा उपचार जारी रहेकोमा रातीदेखि अवस्था गम्भीर भएको र बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए।
उनका अनुसार कोरोना विशेष अस्पतालमा सोमबारसम्म १७ जना आइसीयूमा र १ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।