भैरहवा–आइतबार रुपन्देहीमा थप १४ जनामा कोभिड–१९ कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार रुपन्देहीमा १८ जनामा संक्रमण पुष्टि भएको थियो।
पछिल्लो २४ घण्टामा रुपन्देहीका ७ स्थानीय तहका ६ महिला र ८ पुरुष गरी १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ।
कार्यालयका अनुसार आइतबार साँझ ५ बजेसम्म बुटवल उपमहानगरपलिकन क्षेत्रका ५ जनामा तिलोत्तमामा ३, सिद्धार्थनगरमा २ जना संक्रमित थपिएका छन्। त्यस्तै देवदह, मर्चवारी, ओमसतिया र कञ्चनमा थप १–१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक तथा कोभिड फोकल पर्सन केदारनाथ शाहले जानकारी दिए।
आज थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या १ हजार ६ सय ४४ पुगेको शाहले जानकारी दिए। कार्यालयले दिएको तथ्यांकअनुसार हालसम्म १५ जनाको मृत्यु भएको छ।
जिल्लाका विभिन्न क्षेत्रबाट ८९२ जना निको भएर फर्किसकेका छन् भने बाँकी सक्रिय संक्रमित विभिन्न आइशोलेशनमा उपचाररत छन।