काठमाडौं-सरकारले पीसीआर परीक्षणको शुल्क घटाएको छ। सरकारी निर्णयअनुसार अब सरकारी र निजी सबै ल्याबमा दुई हजार रुपैयाँमा पीसीआर परीक्षण हुनेछ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले रिएजेन्ट र अन्य सामानको मूल्य घटेको आधारमा नयाँ मूल्य निर्धारण गरिएको जानकारी दिए ।
सुरुमा पीसीआर टेष्टको शुल्क ५५०० तोकिएको थियो। पछिल्लो समय त्यसलाई घटाएर ४ हजार रुपैयाँ बनाइएको थियो। आइतबार नै बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालले शुल्क घटाएर २५०० रुपैयाँ बनाएको थियो।