बुटवल-प्रदेश ५ मा पछिल्लो २४ घण्टामा २ सय २६ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन्। योसँगै कोरोना जितेर घर फर्किनेको संख्या ५ हजार ८ सय ९ पुगेको छ ।
शुक्रबार ७३ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक बिकास मन्त्रालयका सुचना अधिकारी डा. पुष्पराज पौडेलले नियमित प्रेस ब्रिफिङमा प्रदेश ५ मा शुक्रबार महिला १८ जना र पुरुष ५५ जना गरि ७३ जना संक्रमित थपिएको जानकारी गराएका हुन् ।
शुक्रबार थपिएका संक्रमितहरुसँगै प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ७ हजार ८ सय १५ पुगेको छ ।
प्रदेश ५ मा अहिले सक्रिय संक्रमितको संख्या १ हजार ८ सय ८९ रहेको र ती मध्ये १ सय ७२ जनामा लक्षण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश ५ मा हाल सम्म ४५ जनाको मृत्यु भएको छ ।