बुटवल-बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ। गौतमबुद्ध अस्पतालले विज्ञप्ति निकालेर रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं.७ निवासी ६४ वर्षिय महिलाको मृत्यु भएको जनाएको हो।
२०७७ भाद्र ४ गते उच्च रक्तचाप, सुगर, मृगौला रोग र निमोनिया देखिएपछि उपचारको लागि गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा भर्ना भएर आई.सि.यु.मा भेन्टिलेटरमा राखेर उपचार भैरहेको थियो।
उनको भाद्र १५ गते स्वाब संकलन गरि परिक्षण गर्दा भाद्र १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमणपछि पनि बिरामीको भेन्टिलेटरमै उपचार भइरहेको अवस्थामा शुक्रवार बिहान ८.४५ बजे उनको मृत्यु भएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए।