बुटवल-बुटवलमा थप एकजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत बुटवल-८ का ७८ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए।
उनका अनुसार शुक्रबार बिहान ९ बजे मृत्यु भएका ती पुरुष भदौ ४ गते अस्पताल भर्ना भएका थिए। उनको विगत ९ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उनमा मधुमेह र उच्च रक्तचापको समस्या थियो।