बुटवल-बुटवलमा उपचार गराइरहेका एकजना कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ। बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा भेन्टिलेटरमा उपचार गराइरहेका प्युठान स्वर्गद्वारी नगरपालिका ७ का ५८ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि भदौ १० गते बुटवल ल्याइएको थियो। उपचारका क्रममा भदौ १५ गते पिसिआर परिक्षणका लागि स्वाव संक्रलन गरिएको र भदौ १६ गते रिपोर्ट पोजेटिभ आएको थियो।
निमोनियाबाट ग्रसित उनलाई उपचारका लागि गौतमबुद्ध मुटु अस्पताल बुटवलमा भर्ना गरिएको थियो। एक साता अघिदेखि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। स्वर्गद्धारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दलबहादुर केसीले उनको बुधबार राती मृत्यु भएको जानकारी दिए।