भैरहवा–आज बुधबार रुपन्देहीमा ९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। जिल्लाका विभिन्न ल्याबमा गरिएका परीक्षणअनुसार साँझ साढे ४ बजेसम्म रुपन्देहीका एक उपमहानगर र २ नगरपालिकाका ९ जना कोरोना भाइरस संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले लुम्बिनी टाइम्सलाई जानकारी दिए।
शाहका अनुसार बुटवल उपमहानगरपालिका ५ जना, तिलोत्तमा र सिद्धार्थनगरमा २÷२ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमित सबै पुरुष हुन्।
आज थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या १ हजार ८३ पुगेको शाहले जानकारी दिए।
कार्यालयका अनुसार हालसम्म १० जनाको मृत्यु भएको तथ्यांक छ। जिल्लाका विभिन्न क्षेत्रबाट ४८६ जना निको भएर फर्किसकेका छन् भने ५८७ जना सक्रिय संक्रमित विभिन्न आइशोलेशनमा उपचाररत छन्।