बुटवल-बुटवलमा उपचाररत थप १ जना महिलाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका अनुसार कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत कपिलवस्तुको कृष्णनगर* नगरपालिका वडा नं ११ की ६० वर्षीया महिलाको मृत्यु भएको हो।
यही भदौ ७ गते अस्पतालमा भर्ना भएकी महिलामा उच्च रक्तचापको समस्या रहेको र उनको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए।
*लुम्बिनी प्रादेशिक अस्पतालले कपिलवस्तु नगरपालिका बताएपनि स्वास्थ्य कार्यालय कपिलवस्तुले ती महिलाको ठेगाना कृष्णनगर रहेको जनाएकोले सच्याइएको।