भैरहवा–सोमबार रुपन्देहीमा थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा रुपन्देहीका ५ पालिकाका २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ।
कार्यालयका अनुसार सबैभन्दा बढी बुटवल उपमहानगरपालिका क्षेत्रका संक्रमित थपिएका छन्।
९ पुरुष र ७ महिला गरी १६ जना संक्रमित बुटवलमा मात्र आज थपिएका छन्। सिद्धार्थनगरमा ३ जना, तिलोत्तमामा ३ जना, ओमसतियामा २ जना र कोटहीमाईमा थप १ जनामा संक्रमण पुष्टि भएको छ।
लुम्बिनी प्रादेशिक अस्पतालको ल्याब र र नेशनल प्याथ ल्याबबाट आएको रिर्पोट अनुसार १० महिला र १५ पुरुषमा संक्रमण देखिएको छ।
थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या १ हजार १ पुगेको छ भने मृतकको संख्या १० पुगेको छ। जिल्लामा ४३३ जना निको भएर फर्किसकेका छन, ५५८ जना सक्रिय संक्रमित उपचाररत छन्।