काठमाडौं-सरकारले कोरोना भाइरसको परीक्षण गर्ने विधि पीसीआर परीक्षणको शुल्क घटाएको छ। सरकारले पीसीआर परीक्षणको अधिकतम शुल्क ४ हजार ४ सय रुपैयाँ कायम गरेको हो।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीका अनुसार सरकारले तय गरेको शुल्क भन्दा धेरे लिन पाइदैन। उनले विश्वबजारमा परीक्षणका लागि आवश्यक कीटहरु सहज रुपमा उपलब्ध हुन थालेको र सस्तो भएकाले नेपालमा पनि शुल्क घटाएको बताए। यो शुल्क स्वाब संकलनसमेतको हो। स्वाब संकलनको छुट्टै शुल्क लिन नपाइने उनले बताए।
सरकारले केही निजी अस्पताल र प्रयोगशालाहरूलाई पनि स:शुल्क परीक्षणको अनुमति दिएको छ।