आधुनिक युगमा यौन सन्तानोत्पानको साधन वा मनोरञ्जनको माध्यमका रूपमा मात्र सीमित छैन । यौन मानवको आधारभूत आवश्यकता हो । यौन मजबुत दाम्पत्य सम्बन्धको प्रमुख कडी पनि हो । वैवाहिक जीवनको सुरुमा दाम्पती यौनप्रति उत्साहित हुन्छन् । समयक्रम बित्दै जाँदा श्रीमान्–श्रीमतीको सम्बन्धमा केही खटपट आउन सक्छ । यौनप्रतिको उत्साह बिस्तारै कम हुँदै जान्छ । यौन उदासीनताका कारण दाम्पतीबीच असन्तुष्टि बढ्दै जान्छ ।
यौनक्षमता कम हुँदै जानुमा शरीरमा हर्मोनको कमी मुख्य कारण रहेको चिकित्सकहरू बताउँछन् । यदि हामीले आफ्नो दैनिक आहारमा सन्तुलन मिलाउन सकेको खण्डमा त्यसैअनुरूप यौनक्षमता सधैँ सुन्तुलित रहन्छ । यहाँ यौनक्षमतावर्धक ८ वनस्पतिजन्य आहारबारे जानकारी दिइन्छ, जुन सबै मानिसको पहुँचमा छन् र सबै हिसाबले स्वस्थकर छन् ।
१. पालुंगोको साग
पालुंगोको साग नियमित सेवन गर्नाले यौनक्षमतामा वृद्धि ल्याउनुका साथै यौनांगमा रक्तप्रवाहसमेत बढाइदिन्छ । तर, उच्च रक्तचाप हुने व्यक्तिले नियमित मालुंगोको साग खान नहुने बताइन्छ ।
२. भिन्डी
भिन्डीमा विभिन्न किसिमका भिटामिन पाइन्छन् । यसको नियमित सेवनले सम्भोगसम्बन्धी समस्यामा कमी आउँछ । साथै, यसले यौनक्षमतामा वृद्धि ल्याउँछ ।
३. गोलभेँडा
गोलभेँडामा पाइने लाइकोपिन तत्त्वले मानिसमा यौनइच्छा बढाउँछ । यसको सेवनबाट पुरुषमा प्रोस्टेट क्यान्सरको खतरासमेत न्यूनीकरण हुन्छ ।
४. लशून
लशूनमा कामोत्तेजक गुण हुन्छ । लशूनको सेवनले रक्तप्रवाहलाई राम्रो बनाउँछ ।
५.प्याज
प्याज स्वास्थ्यका लागि लाभदायी छ । प्याजको सेवनले यौनांगको स्वास्थ्यमा सुधार ल्याउनुका साथै यौनइच्छा तीव्र बनाउँछ ।
६. काउली
काउलीमा पाइने पौष्टिक तत्त्वले पनि यौनक्षमतामा वृद्दि ल्याउँछ ।
७. गान्टेमूला
गान्टेमूलाबाट नाइट्रेट तत्त्व प्राप्त हुन्छ । यसको सेवनले यौनांगमा रक्तप्रवाहमा सुधार आउनुका साथै यौनक्षमता वृद्धि हुन्छ । गान्टेमूलाको सेवनले हर्मोनमा सन्तुलन ल्याउँछ ।
८. गाँजर
गाँजरमा भिटामिन ‘ए’ पाइन्छ । यसको सेवनले पुरुषमा शुक्रकीट बढाउँछ । गाँजरको सेवन निरन्तर गर्नाले पुरुषको यौनक्षमतामा वृद्धि हुन्छ ।