काठमाडौं-कोरोना भाइरस (कोभिड १९) को संक्रमितको उपचारको लागि प्रभावकारी औषधि मानिएको रेमडिसिभिरको थप परिमाण नेपालमा आइपुगेको छ।
भारतीय कम्पनी सिप्लाले उत्पादन गरेको रेमडिसिभिर यतिकेम डिस्टिब्युटरले नेपाल भित्र्याएको हो। यतिकेम समूहका कार्यकारी अध्यक्ष प्रभुराज बैद्यका अनुसार यो औषधि नेपाली बजारमा ६ हजार ४०० अतिकतम मुल्यमा उपलब्ध गराउन सकिन्छ।
उनका अनुसार पहिलो चरणमा ४८० भाइल आएको छ र केहीदिनभित्रै त्यतिमै परिमाणमा औषधि नेपाल आइपुग्नेछ। यसअघि भदौं पहिलो साता भारतीय माइलन कम्पनीबाट उत्पादन भएको ५ सय ७० भाइल रेमडिसिभिर औषधि नेपाल आयत भएको थियो।
नेपालमा सिप्ला, माइलन र हेटेरो कम्पनीबाट उत्पादन भएका रेमडिसिभिर औषधि मात्र आयात गर्न सकिने विभाग जनाएको छ। श्वाप्रश्वासको समस्या भई आइसियुमा उपचारमा रहेका संक्रमितलाई मात्र रेमडिसिभर औषधि चलाइने चिकित्सकले बताएका छन्।
हाल नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वीकृत दिएका कोभिड अस्पतालले मात्र बिरामीमा औषधिको परीक्षण गर्न पाउनेछन्।