बुटवल-प्रदेश ५ मा बिहीबार ९६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। प्रदेश ५ सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा पुष्पराज पौडेलका अनुसार उनीहरु ६५ पुरुष र ३० जना महिला हुन्।
जसअनुसार बाँकेमा ३३, रुपन्देहीमा ३२, कपिलवस्तुमा १९, नवलपरासी पश्चिममा १०, बर्दियामा २ जना थपिएका छन्। मन्त्रालयका अनुसार दाङ, गुल्मी, अर्घाखाँची पाल्पा र रुकुम पूर्वमा संक्रमित थपिएका छैनन्।
योसँगै प्रदेश ५ मा संक्रमितको संख्या ६ हजार १९ पुगेको छ। जसमध्ये पुरुष ५ हजार ८२ र महिला ९३७ जना रहेका छन्।
प्रदेश ५ मा १२१० जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ९४५ जना प्रदेशका आइसोलेशनहरुमा उपचाररत छन् भने १३८ जना क्वारेन्टिनमै रहेका छन्। उनीहरुलाई आइसोलेशनमा ल्याउने तयारी भएको डा पौडेलले जानकारी दिए।
प्रदेश ५ मा बिहीबारसम्म १८ जनाको आइसीयूमा उपचार भइरहेको छ भने १०९ जनाको सामान्य उपचार जारी छ। अरु आइसोलेशनमा छन्।
प्रदेश ५ मा ४६८७ जना संक्रमणमुक्त भएका छन् भने २६ जनाको मृत्यु भएको छ।