भैरहवा–बिहीबार रुपन्देहीमा ५३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
जिल्लाका विभिन्न ल्याबमा गरिएका परिक्षणबाट बिहीबार साँझ ५ बजेसम्म रुपन्देहीका ६ पालिकाका २२ महिला र ३१ पुरुष गरी ५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले लुम्बिनी टाइम्सलाई जानकारी दिए।
शाहका अनुसार बुटवल उपमहानगरपालिकामा २५ जना, सिद्धार्थनगरमा ४ जना, तिलोत्तमामा १७, देवदहमा ५, रोहिणीमा १ र ओमसतियामा १ जनामा संक्रमण देखिएको छ।
बुटवलको तथ्यांक भने केही फरक परेको छ। जिल्ला स्वास्थ्यले २५ जना भनेपनि बुटवल उपमहानगरले ४ बजेसम्म ३५जनामा संक्रमण पुष्टि भएको जनाएको छ।
लुम्बिनी प्रादेशिक अस्पतालको ल्याब र र नेशनल प्याथ ल्याबबाट आएको रिर्पोट अनुसार सो संक्रमित थपिएका हुन्।
आज थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या ८ सय १३ पुगेको छ भने मृतकको संख्या ७ पुगेको छ। जिल्लामा ३५१ जना निको भएर फर्किसकेका छन, ४५५ जना उपचाररत छन्।