बुटवल-बुटवलमा पनि कोरोना संक्रमितलाई प्लाज्मा थेरापीबाट उपचार सुरु गरिएको छ। बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा बुटवल धागो कारखानामा सञ्चालित छुट्टै आइसोलेशन वार्डमा उपचाररत बिरामीको प्लाज्मा थेरापीबाट उपचार सुरु गरिएको हो ।
(धागो कारखानामा रहेको) कोभिड आई सी यू मा रहेका बिरामीमा हाम्रो कोभिड प्लाज्मा इन्फ्युजन(प्लाज्मा थेरापी) बाट उपचार गरिएको मेसु डाक्टर राजेन्द्र खनालले जानकारी दिए।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत डा.साजन श्रेष्ठले आफ्नाे रगत (प्लाज्मा) दान गरे । डा साजन केही समय अघिमात्र काेराेना संक्रमणमुक्त भएका हुन्।
नेपाल चिकित्सक संघ, लुम्बिनी प्रादेशिक अस्पतालका नर्स, पारामेडिक्स विभिन्न विधाका प्राविधिक तथा रेडक्रस सोसाइटीको रक्तसञ्चार केन्द्र, बुटवलकाे समेत संयुक्त प्रयासमा प्लाज्मा थेरापी गरेर उपचार सुरु गरिएको डाक्टर खनालले बताए।