बुटवल-बुटवल उपमहानगरपालिकामा १४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। बुटवल उपमहानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार वडा नं ३ मा ५ जना, ४ मा ३ जना, ९ मा ३ जना, ११ र १२ मा १/१ जना थपिएका हुन्।
यीमध्ये १ जनाको ठेगाना बुटवल लेखिएपनि वडा उल्लेख नभएको उपमहानगर स्वास्थ्य शाखाकी अधिकृत गिता पाण्डेले जानकारी दिइन्।