काठमाडौं-नेपालमा मंगलबार थप १ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १० हजार ५६३ रहेको छ भने १३ हजार ९२६ जना क्वारेन्टाइनमा रहेका छन् ।
डा गौतमका अनुसार झापाका २१ जना, खोटाङका एकजना, मोरङका १०८ जना, खोखलढुंगाका एकजना, पाँचथरका एकजना, सुनसरीका ८ जना, उदयपुरका २ जना,संखुवासभाका ३ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै प्रदेश २ भित्रका जिल्लाहरु बारामा ४२ जना, धनुषाका ६४ जना, महोत्तरीका २४ जना, पर्सामा १२८ जना, रौतहटका ३७ जना, सप्तरीका ३ जना,सर्लाहीका १०७ जना, सिराहाका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै बागमती प्रदेशका जिल्लाहरुमा भक्तपुरका १७ जना, चितवनका ४९ जना, धादिङका २ जना, दोलखाका २ जना, काठमाडौंका १३८ जना, काभ्रेका २१ जना, ललितपुरका ५० जना, मकवानपुरका ३० जना, सिन्धुलीका एकजना, सिन्धुपाल्चोकका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
डा गौतमका अनुसार गण्डकी प्रदेशका जिल्लाहरुमा बाग्लुङका ३ जना, गोरखाका २ जना, कास्कीका १६ जना, लमजुङका एकजना, नवलपरासी पूर्वका ४ जना, स्याङ्जाका एकजना र तनहुँका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै प्रदेश ५ का जिल्लाहरु बाँकेका ६ जना, बर्दियाका ९ जना, दाङका एकजना, कपिलवस्तुका १९ जना, नलवपरासी पश्चिमका एकजना, रोल्पाका एकजना र रुपन्देहीका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै कर्णाली प्रदेशका जिल्लाहरुमा दैलेखका ५ जना, रुकुमपश्चिमका एकजना, सुर्खेतका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै सुदुरपश्चिमका जिल्लाहरुमा दार्चुलाका २ जना, डोटीका ४६ जना, कैलालीका एकजना र कंचनपुरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।