भैरहवा–रुपन्देहीमा सोमबार १३ जना कोभिड–१९ संक्रमित थपिएका छन्। सोमबार साँझ ७ बजेसम्म १३ जना संक्रमित थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ५ सय ७ पुगेको छ। रुपन्देहीमा समुदाय स्तरमा संक्रमण फैलिइसकेको छ।
नेशनल प्याथ ल्याब बुटवल र लुम्बिनी प्रादेशिक अस्पतालबाट आएको रिपोर्टमध्ये ४ पालिकाका १३ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए।
हिजो आइतबार मात्रै ५६ जना संक्रमित थपिएका थिए। गहुबाली स्थित प्रादेशिक प्रयोगशालाबाट सोमबार कुनै रिर्पोट आएको छैन।
त्यसैले आज पनि रातीसम्ममा संक्रमितको संख्या बढ्न सक्छ। भेक्टर कन्ट्रोल निरीक्षक शाहका अनुसार बुटवल उपमहानगरपालिका ५ जना, सिद्धार्थनगरका २ जना, तिलोत्तमाका ५ र शुद्धोधनको १ जनामा संक्रमण देखिएको छ।