काठमाडौं- नेपालमा सोमबार थप ५८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा पछिल्लाे २४ घण्टामा ११ हजार पाँच सय २० जनाकाे पीसीआर परीक्षण भएकाे बताए। देशका विभिन्न ठाउँको आइसोलेशनमा नाै हजार ६ सय ३९ जना छन् । यस्तै १५ हजार एक सय ८८ जना क्वारेन्टाइनमा रहेका छन् ।
स्वास्थ्य मन्त्रालयले बताएको यो तथ्यांक हिजो आइतबार दिउसो २ बजेदेखि आज सोमबार दिउसो २ बजेसम्मको मात्रै हो। हिजो दिउसोदेखिको तथ्यांक भएकाले कुनै जिल्लामा २ बजेपछि देखिएको संक्रमितको तथ्यांक थप हुँदा संक्रमितको संख्या दोहोरिने गरेको छ।
डा गौतमका अनुसार एपीएफ अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ६ जना, भेरी अस्पताल नेपालगंज प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका २४ जना, सल्यानका एकजनामा कोरोना पुष्टि भएको छ ।
विध ल्याब ललितपुरमा गरिएको परीक्षणमा बाराका एकजना, भक्तपुरका एकजना, काठमाडौँका ६ जना, ललितपुरका एकजना, पर्साका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
वीर अस्पतालमा गरिएको परीक्षणमा बाराका एकजना, काठमाडौंका ११ जना, पर्साका एकजना, सप्तरीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा मोरंगका ११ जना, धनुषाका एकजना, झापाका एकजना, सुनसरीका ३१ जनामा कोरोना पुष्टि भएको छ ।
डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा डडेल्धुराका एकजना, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा बाराका १४ जना, काठमाडौँका २ जना पर्साका ५८ जना, काभ्रेका ४ जनामा कोरोना पुष्टि भएकोछ ।
ह्याम्स अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका ३ जना, काठमाडौँका १६ जना, महोतरीका एकजना, पर्साका एकजना, धनुषाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय दैलेखमा गरिएको परीक्षणमा दैलेखका एकजना, कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्थानमा गरिएको परीक्षणमा जुम्लाका ३ जना, केएमसी अस्पतालमा गरिएको परीक्षणमा भक्तपुर एकजना, काठमाडौँका ४ जना, ललितपुर एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोशी अस्पतालमा गरिएको परीक्षणमा मोरंगका ७ जना, लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको परीक्षणमा नवलपरासी पश्चिमका एकजना, रुपन्देहीका १० जना, कपिलवस्तुका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै नारायणी अस्पताल, बिरगंजमा गरिएको परीक्षणमा बाराका ५ जना, पर्साका ६ जनामा कोरोना पुष्टि भएको छ । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बाराका ३५ जना, भक्तपुरका एकजना, काठमाडौँका २० जना, ललितपुरका ३ जना, पर्साका २ जना, रौतहटका ३ जना, सर्लाहीका १२ सिन्धुपाल्चोकका ५ जनामा कोरोना पुष्टि भएको छ ।
नेसनल प्याथ ल्याब रुपन्देहीमा गरिएको परीक्षणमा रुपन्देहीका ११ जना, कपिलवस्तुका एकजना, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका एकजना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला , विराटनगरमा गरिएको परीक्षणमा काठमाडौँ २ जना, मोरंगका २२ जना, झापाका ६ जना, सुर्खेतका एकजना र तनहुँका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला , रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाचीका एकजना, प्युठानका २८जना, रुपन्देहीका ९ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, गण्डकी प्रदेशमा गरिएको परीक्षणमा कास्कीका १२ जना, नवलपुर पूर्वका एकजना, स्याङ्जाका ४ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङ्गका एकजना, सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका १६ जना, कंचनपुरका १२जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै श्री बिरेन्द्र अस्पतालमा गरिएको परीक्षणमा कास्कीका एकजना, काठमाडौँका ७ जना, सोरिया अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका एकजना, काठमाडौँका एकजना,पर्साका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै स्टार अस्पतालमा गरिएको परीक्षणमा बारा एकजना, भक्तपुरमा २ जना, दाङका एकजना, काठमाडौँका ७ जना, ललितपुरका ३ जनामा, धनुषाका एकजना, मकवानपुरका एकजना, झापाका एकजना, धादिङका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै शुक्रराज ट्रपिकल अस्पताल टेकुमा गरिएको परीक्षणमा बाराका २ जना, भक्तपुरका २ जना, काठमाडौँका २० जना, ललितपुरका ४ जना,पर्साका एकजना, रौतहटका ८ जना, सर्लाहीका एकजना र चितवनका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्रि बि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका एकजना, काठमाडौँका ११ जना, महोतरीका एकजना, पर्साका २ जना, रुपन्देहीका २ जना, सर्लाहीका एकजना, धादिङका २ जना, तनहुँका एकजना नुवाकोटका एकजनामा कोरोना पुष्टि भएको छ ।
यस्तै कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र ,हेटौंडामा गरिएको परीक्षणमा मकवानपुरका ३ जना, सर्लाहीका २ जना, नेपाल प्रहरी अस्पतालमा काठमाडौँका १७ जना, ललितपुरका एक जना, नेपाल कोरियन मैत्री अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका २ जना, काठमाडौँका ९ जना, ललितपुरका २ जना, पर्साका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।