बुटवल । डेङ्गु भाइरसको सङ्क्रमण बढ्दै गएपछि बुटवलमा स्थानीयले टोलबाट अभियान शुरु गरेका छन् । बुटवल १३ का रहेको झोलुङ्गेपथ टोल विकास संस्थाले आज डेङ्गु विरुद्धको अभियान चलाएको हो ।
अभियान अन्तर्गत टोलका सबै घरधुरीमा पुगेर घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाडामा पानी जम्न नदिन आग्रह गरिएको छ ।
साथै डेङ्गु भाइरस नियन्त्रणका लागि पानी जम्ने स्थानमा मोबिल छर्ने र स्थानीयलाई सचेत बनाउने काम गरिएको टोल समितिका अध्यक्ष पिताम्बर भण्डारीले जानकारी दिनुभयो ।
लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, घरको झ्याल ढोकामा जाली हाल्न, सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न र पानी जम्न नदिन सबैलाई आग्रह गरिएको छ ।