सुनसरी । डेङ्गीको महामारी फैलिएको सुनसरीको धरानमा संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै धरानमा डेङ्गीबाट मृत्यु हुनेको संख्या नाै पुगेकाे छ ।
धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरान १३ की ३५ वर्षीय महिलाको उपचारको क्रममा विराटनगरस्थित विराट नर्सिङ होममा मृत्यु भएको हो ।
चार हजारभन्दा बढी डेङ्गी संक्रमित रहेको धरानमा परीक्षण गर्नेमध्ये ७८ प्रतिशतभन्दा बढीमा डेङ्गी संक्रमण पुष्टि हुने गरेको छ । धरानका २० वटै वडामा घरघरै डेङ्गीका बिरामी छन् ।