भैरहवा । रोटरी क्लब अफ भैरहवाले काशी नोबल एकेडेमीका कक्षा १२ का विद्यार्थीहरुलाई मानसिक स्वास्थ्य र करियर काउन्सिलिङ विषयमा प्रशिक्षण दिएको छ । क्लवको यो वर्ष २०२३÷२४ को पहिलो कार्यक्रम हो । यस वर्ष रोटरी ईन्टरनेशनलले पनि मानसिक स्वास्थ्यको विषयमा विशेष चासोको साथ कार्यक्रम अगाडि बढाएको छ ।
क्लबका अध्यक्ष उमेशचन्द्र आचार्यको अधक्ष्यता भएको कार्यक्रममा अबलोन नेपालका प्रशिक्षक माला प्रधान र रञ्जु शर्माले मानसिक स्वास्थ्य के हो र यस बाट बच्न अपनाउने बिषयमा प्रशिक्षण दिनुभएको थियो । साथै प्रमुख प्रशिक्षक डिष्ट्रिक ३२९२ का पब्लिक इमेज चेयर राजकुमार गुप्ताले करियर काउन्सिलिङ्ग र नेतृत्व विकासको सन्दर्भमा सहजीकरण गर्नुभएको थियो ।
कुन्दन बज्राचार्यको स्वागत तथा हरिप्रसाद आचार्यको संचालनमा सम्पन्न भएको कार्यक्रममा क्लबका एसिष्टेन्ट गभर्नर डा. हिरा बहादुर शाहले क्लबले नयाँ सोचका साथ अगाडि बढाएको मानसिक स्वास्थ्य कार्यक्रमले समुदयमा छुट्टै छाप छोड्ने विश्वास व्यक्त गर्नुभयो । यसमा आफ्नो तर्फबाट पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो । कार्यक्रममा क्लबका अधक्ष्य आचार्यले सम्पूर्णलाई धन्यवाद दिँदै विद्यार्थीहरुलाई आवश्यक परेको पहिलो चरणको परामर्श अबलोन नेपालसँगको सहकार्यमा निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उक्त कार्यक्रममा ३० जना विद्यार्थी र १५ जना क्लबका सदस्यहरुको उपस्थिति थियो.।