रुपन्देही । धरान उपमहानगरपालिकाका स्वास्थ्य स्वयंसेविकाले आज लुम्बिनीको अवलोकन भ्रमण गरेका छन् ।
धरानका १ सय ४१ जना स्वंसेविकाले बुद्ध जन्मस्थल भ्रमण गर्नुका साथै यस क्षेत्रका विभिन्न पालिकामा पुगेर अनुभव साटासाट गरेका छन् ।
लुम्बिनी साँस्कृतिक नगरपालिकामा पुगेका उनीहरुलाई स्वागत गर्दै उपप्रमुख कल्पना हरिजनले पालिकामा भएका असल अभ्यासबारे अनुभव साटासाट गर्न आवश्यक रहेको बताउनुभयो । जनतासँग नजिकमा रहेर काम गर्ने भएकाले स्वयंसेविकाको काम अत्यन्तै प्रभावकारी रहेको उहाँको भनाइ थियो । उहाँले लुम्बिनीमा एक सय ३१ जना स्वयंसेविका रहेको जानकारी गराउनुभयो ।
धरान उपमहानगरपालिकाका महिला स्वास्थ्य स्वंसेविका अध्यक्ष विजयकला राईले लुम्बिनी साँस्कृतिक नगरपालिका पर्यटकीय महत्व बोकेको क्षेत्र भएकाले धेरै सम्भावना रहेको बताउनुभयो ।