बुटवल । राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल (रान) को केन्द्रिय अध्यक्षतामा जगत बहादुर भट्टराई चयन भयका छन् ।राष्ट्रिय माहाधिबेशनले भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। केन्द्रिय वरिस्ठ उपाध्यक्ष कृष्ण बहादुर रावत तथा उपाध्यक्षहरुमा बालगोपाल श्रेष्ठ, शालिकराम भुसाल , सरिता भण्डारी, डा. शंकर प्रसाद रिजाल, संजयकुमार यादव, दिलबहादुर श्रेष्ठ, डा. प्रफुल्ल चन्द्र यादव, डा. संजीव कुमार यादव लोकराज भट्ट चयन भएक छन् । यस्तै केन्द्रीय महासचिवमा हृदय नारायण चौधरी तथा सचिवमा नारायण खतिवडा, जयन्ती शिवाकोटी चयन भएका छन् । यसैगरी कोषाध्यक्षमा सपना खत्री र सहकोषाध्यक्षमा रामबाबू यादव चयन भएका छन् । यसैगरी सदस्यमहरुमा ओमअराज लिम्बू, किरण न्यौपाने, आरती चौधरी, डा. बिबेक गुप्ता, डा. राम पुकार यादव ,गितादेवी दाहाल, ,इन्द्रजित कुमार यादव, धबिन्द्र बहादुर सार्कीलाई चयन गरेको छ। कानुनी सल्लाहकार क्रान्ति भट्टराई संयोजक तथा डा. शंकर गौतम ,नरबहादुर ठकुरी, डा. चन्द्रनारायण झा र महेन्द्र राज बज्राचार्य सदस्य रहेको समितिले नयाँ कार्यसमिति चयनको भुमिका निर्वाह गरेको थियो। प्रदेश अध्यक्षहरु स्वत पदेन केन्द्रिय सदस्य हुनुहुँदा नरहरी अर्याल, डा. प्रेम किशोर मिश्र, डा.अमृत भण्डारी र सुरेन्द्र सिंह रहेका छन्।