भैरहवा–रुपन्देहीमा सिद्धार्थ सिमेन्ट उद्योगका ११ जनामा कोरोना संक्रमण देखिएकोे छ। रुपन्देहीको मायादेवी ३ कम्हरियामा रहेको उक्त उद्योगका कर्मचारी सहित ११ जनामा कोरोना भाइरसको संक्रमण भएको जनस्वास्थ्य कार्यालय रुपन्देहीले पुष्टि गरेको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला गहुँबाली भैरहवाबाट प्राप्त रिकन्फर्मेशन रिपोर्टअनुसार ५२, २३, २४, ३०, ३७, २६, ३४, २६, ३८ वर्षीय पुरुष तथा ५१ र २१ वर्षीया महिलामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले लुम्बिनी टाइम्सलाई जानकारी दिए।
स्रोतका अनुसार शनिबार उद्योग परिवारका ४ जनाको स्वाब परिक्षण बुटवलको नेशनल प्याथ ल्याब मार्फत भएको थियो।
शनिबार उद्योगका सञ्चालक सदस्य सहित ४ जनामा कोभिड–१८ संक्रमण देखिएको थियो। संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा रहेका अन्य ८३ जनाको स्वाब संकलन गरी परीक्षण गर्दा थप ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।
मायादेवी गाउँपालिका क्षेत्रमा पर्ने सो उद्योगमा कोरोना भाइरसका संक्रमित देखिएपनि स्थानीय तहलाई कुनै जानकारी छैन।
‘हामीसँग कुनै समन्वय भएको छैन, हामीहरु संक्रमित भएको भन्ने खबर पाएपछि विवरण संकलन गर्दैछौं,–गाउँपालिकाका स्वास्थ्य प्रमुख भाष्कर आत्रेयले भने।