बुटवल । कसैको जीवन बचाउनु पुण्य कार्य हो ः रक्तदान गर्नुनै जीवनदान गर्नुसरह हो भन्ने मुलनाराका साथ राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल (रान) लुम्बिनी प्रदेश र रुपन्देहीको आयोजनामा बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तसंञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा रक्तदान भएको हो । रक्तदान कार्यक्रममा ४१ जना रक्तदाताहरुले रक्तदान गरेको राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल (रान) का केन्द्रीय उपाध्यक्ष शालिकराम भुसालले जानकारी दिनुभयो ।
रक्तदान कार्यक्रममा उल्लेखनीय रुपमा लगातार रक्तदान गर्ने भन्दा नयाँ रक्तदाता बढी थिए । कार्यक्रमले नयाँ रक्तदातालाई प्रोत्साहन गरेको छ । त्यसअवसरमा रक्तदान गरेका मध्ये ७ जनाको रगत नेगेटिभ रहेको र उनीहरुको रक्तसञ्चार केन्द्रमा सञ्चित रहेकोले उनीहरुलाई रक्तदान नगराइएको आयोजकले जनाएका छन् । यस्तै ३ जनाले स्वास्थ्य समस्याका कारण रक्तदान गर्न सकेनन् । रान लुम्बिनी प्रदेशका बरिष्ठ सल्लाहकार चन्द्रकान्त खनालको सहजीकरणमा रक्तदान भएको थियो ।