बुटवल-बुटवलमा समुदायस्तरमा गरिएको परीक्षणका क्रममा ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिए/नफैलिएको यकिन गर्न संकलन गरेका २ सय ३८ वटा स्वाब संकलन गरेको थियो। त्यसमध्ये ३ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालका प्रवक्ता डा विष्णु गौतमले जानकारी दिए।
संक्रमण पुष्टि भएका एकजना लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हुन्।
बुटवल-बुटवलमा समुदायस्तरमा गरिएको परीक्षणका क्रममा ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिए/नफैलिएको यकिन गर्न संकलन गरेका २ सय ३८ वटा स्वाब संकलन गरेको थियो। त्यसमध्ये ३ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालका प्रवक्ता डा विष्णु गौतमले जानकारी दिए।
संक्रमण पुष्टि भएका एकजना लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हुन्। अर्का एकजना बुटवल १३ का नेकपाका स्थानीय नेता* हुन् भने अर्का एकजना लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका श्रीमान् हुन्। लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी महिला हुन् भने अरु पुरुष हुन्। स्वास्थ्यकर्मी र दलका नेतामा लक्षण नदेखिएपनि अर्का व्यक्तिमा कोरोना भाइरस संक्रमणको लक्षण पनि देखिएको डा गौतमले बताए।
यसअघि पनि लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा एकजनाको रिपोर्ट पोजेटिभ आएको थियो। सिद्धार्थनगर नगरपालिका ठेगाना बताउने ४६ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको उनले बताए। उनको रिपोर्ट आज शनिबार दिउसो आएको थियो।
'हामीले त्यो दिन फिभर क्लिनिकमा आएकाहरुको पनि सँगै स्वाब लिएका थियौं,उनले भने-त्यसमध्ये शनिबार दिउसोसम्म त्यस्ता १ जनाको रिपोर्ट आएको छ।'
उनले अस्पतालमा टिपाएको मोबाइल नम्बरमा सम्पर्क हुन नसकेको डा गौतमले बताए।
यसअघि शुक्रबार र शनिबार बिहान गरी ६९ जनाको रिपोर्ट नेगेटिभ आएको छ। अरु रिपोर्ट आउन बाँकी छ।
जनप्रतिनिधि मैले मात्रै परीक्षण गराएको हुँ : वडाध्यक्ष पुन
बुटवल १३ मा जनप्रतिनिधि नभई नेकपाका स्थानीय नेतामा संक्रमण देखिएको वडाध्यक्ष नारायण पुनले बताए। उनले वडाबाट जनप्रतिनिधिको रुपमा आफ्नो मात्रै परीक्षण भएको र रिपोर्ट नेगेटिभ आएको बताए।
*यसअघि लुम्बिनी प्रादेशिक अस्पतालबाट प्राप्त विवरणमा वडा नं १३ का जनप्रतिनिधि भन्ने जानकारी गलत पुष्टि भएकोले क्षमायाचनासहित सच्याइएको छ।