बुटवल-समुदायमा कोरोना भाइरसको संक्रमण फैलिए/नफैलिएको अध्ययन गर्न बुटवलमा बुधबार संकलन गरिएका २ सय ३८ जनामध्ये ३३ जनाको रिपोर्ट आएको छ। शुक्रबार बिहान आएको रिपोर्टअनुसार ३३ जनाकै नेगेटिभ आएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा विष्णु गौतमले जानकारी दिए। बाँकी रिपोर्ट बेलुकासम्म आउने उनले बताए।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले बुटवल उपमहानगरपालिकामा विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्तिहरुको स्वाब पीसीआर परीक्षणका लागि बुधबार संकलन गरेको थियो।
पीसीआर परीक्षणपछि आउने रिपोर्टले बुटवल क्षेत्रमा कोरोना भाइरसको संक्रमण समुदायमा फैलिए/नफैलिएको प्रष्ट हुने प्रवक्ता गौतमले बताए।