काठमाडौं । एक वर्षमा कोरोना सङ्क्रमणबाट ४२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीका अनुसार एक वर्षमा (सन् २०२२) मा ४२५ जना कोरोना सङ्क्रमितले ज्यान गुमाएका छन् ।
मन्त्रालयको तथ्यांकअनुसार सन् २०२२ जनवरीको पहिलो दिनसम्म ११ हजार ५९४ जनाको मृत्युभएको थियो । सोपछि एक वर्षमा ४२५ जना मृतक थपिएसँगै सङ्क्रमणबाट १२ हजार १९ ले ज्यान गुमाएका छन् ।
त्यसैगरी, एक वर्षमा दुई लाख २८ हजार ५८३ जना कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ११ लाख ५३ हजार २१९ पुगेको छ ।