काठमाडौँ । डेंगू सङ्क्रमणबाट आज २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । देशको ७६ जिल्लामा फैलिइसकेको डेंगू संक्रमण कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको मन्त्रालयका जानकारी दिएको छ ।
श्रावणदेखि हालसम्म मात्रै देशभर २८ हजार एक सय ९ जनामा डेगूं संक्रमण भएको र बाग्मती प्रदेशमा सबैभन्दा बढी २१ हजार ९ सय ७५ जनामा संक्रमण भएको मन्त्रालयको तथ्याङ्क छ ।
यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगू सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा औषधी आपूर्ति व्यवस्थालाई सहज बनाइएको जनाएको छ ।
आज एक विज्ञप्ति जारी गदै मन्त्रालयले डेंगू सङ्क्रमणको प्रकोप काठमाडौँ उपत्यकामा सबैभन्दा बढी देखिएको हुँदा पारा सिटामोल औषधी उपलब्धता सहज बनाउँदै विभिन्न निकायहरूलाई निःशुल्क वितरणको व्यवस्थापन गरिएको जानकारी गराइएको छ ।