काठमाडौँ । देशभर आज थप ५ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
४ हजार ९ सय ३० नमुना परिक्षण गर्दा ५ सय ४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
कोरोना सङ्क्रमणलाई जितेर आज ४ सय २१ जना घर फर्किएका छन् । देशभरि ५ हजार २ सय ६५ जना सक्रिय सङ्क्रमितले आइसोलेसनमा रहेर उपचार गराइरहेको मन्त्रालयले जनाएको छ ।