काठमाडौँ । देशभरि आज कोरोना सङ्क्रमणबाट ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै आज थप ८ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ५ सय ३४ नमुनाको परीक्षण गर्दा ८ सय १५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
कोरोना सङ्क्रमणलाई जितेर आज ४ सय ७६ जना घर फर्किएका छन् । कोरोना संक्रमण बढेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ८ सय ६९ पुगेको मन्त्रालयले जनाएको छ ।