बुटवल-बुटवलमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बारा जिल्लाबाट बुटवलको एक रोजगारदाता संस्थामा काम गर्न जानुअघि पीसीआर परीक्षण गराउन लुम्बिनी प्रादेशिक अस्पतालमा पुगेका उनको रिपोर्ट पोजेटिभ आएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए।
उनका अनुसार बाराबाट आएका उनका बाबु भारतबाट आएको र बाबुबाटै छोरामा संक्रमण भएको हुनसक्ने उनले बताए। ४२ वर्षका ती व्यक्ति रोजगारदाता संस्थामा कामका लागि पुगेका थिएनन्। उनी आएलगत्तै अस्पतालमा गएर परीक्षण गरिएको थियो। उनी बुटवल आएर होम क्वारेन्टिनमा बसेका थिए।
उनको विवरण जिल्ला जनस्वास्थ्य कार्यालयमा पठाइने र कन्ट्याक्ट ट्रेसिङको काम अघि बढ्ने डा गौतमले बताए।