बुटवल-विश्वभर १ करोड ५३ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ। बिहीबार बिहानसम्म एकै दिन २ लाख ७८ हजार ६२५ जनामा संक्रमण देखिएसँगै विश्वभर संक्रमित हुनेको संख्या १ करोड ५३ लाख ६३ हजार ८४३ पुगेको छ।
वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार १०७ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ६ लाख २९ हजार ७८८ पुगेको छ।
बिहीबार बिहानसम्म संक्रमणमुक्त हुनेको संख्या ९३ लाख ४० हजार ९२७ पुगेको छ।
कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख १४७ जनाको मृत्यु भएको छ। २७ लाख १७ हजार ४९० जना संक्रमित भएकोमा १६ लाख २२ हजार ८८६ जना संक्रमणमुक्त भएका छन्।
उत्तर अमेरिकी मुलुकहरुमा २ लाख १ हजार ४१ जनाको मृत्यु भएको छ। संक्रमितको संख्या ४७ लाख ९७ हजार ९३८ पुगेको छ। त्यसमध्ये २३ लाख ७५ हजार ९७८ जना संक्रमणमुक्त भएका छन्।
यस्तै एसियाली मुलुकहरूमा ८४ हजार ४६८ जनाको मृत्यु भएको छ। ३५ लाख ९८ हजार ६०८ जना संक्रमित भएकोमा २५ लाख ६८ हजार २८० जना संक्रमणमुक्त भएका छन्।
दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख २६ हजार ९८८ जनाको मृत्यु भएको छ। ३४ लाख ६१ हजार ७८ जना संक्रमित भएकोमा २३ लाख २४ हजार ६८६ जना संक्रमणमुक्त भएका छन्।
अफ्रिकी मुलुकहरूमा १६ हजार ४७९ जनाको ज्यान गएको छ भने ७ लाख ७३ हजार ४१८ संक्रमित छन्। संक्रमितमध्ये ४ लाख ३८ हजार २८८ जना संक्रमणमुक्त भएका छन्।
त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १५० जनाको मृत्यु भएको छ। १४ हजार ५९० जना संक्रमित भएकोमा १० हजार १५८ जना संक्रमणमुक्त भएका छन्।