एउटा चर्चित लोकोक्ति छ, धेरै खाए चिनी पनि तितो हन्छ । वास्तवमा चिनी धेरै खाएमा तितो मात्र होइन, विष बन्छ । त्यसैले त अत्याधिक चिनी अर्थात् गुलियो सेवनकै कारण शरीरमा रोगको घर बनाउने नेपालीको संख्या बढ्दो छ । स्वास्थ्य समस्याको प्रमुख कारण मध्य अधिक चिनी प्रयोग एक भएको डब्लुएचओको ठहर छ ।
निर्देशिकामा भनिएको छ, सफ्ट ड्रिंक, चकलेट तथा मिठाई आदि जस्ता पदार्थहरुबाट धेरै चिनी खाने बालबालिकामा मोटोपनको समस्या देखिएको छ । अमेरिकन हार्ट एसोसिएसनले पनि चिनी प्रयोग सम्बन्धी मापदण्ड बनाएको छ ।
उसले भनेको छ, पुरुषले दैनिक ९ चिया चम्चा र महिलाले ६ चिया चम्चा भन्दा बढी चिनी खानु हितकर छैन । वास्तवमा सेतो चिनी सेवन गर्नु भनेको अनेक रोगहरु निम्ताउनु हो । आफ्नो स्वास्थ्य आफै बिर्गानु हो ।
चिनी र मस्तिष्कः
चिनीको अत्याधिक प्रयोगका कारण कमजोर स्मृति, पढाई र सिकाइमा कमजोर, निरासा, पागलपन, अल्जाइमर र मानसिक रोगसमेत निम्तने अध्ययनमा उल्लेख छ ।
हरेक मानिसले विभिन्न खानेकुरा मार्फत वार्षिक रुपमा लगभग ७० केजी चिनी सेवन गर्छन् । अर्थात आफ्नो शरीरको वजन भन्दा बढी त चिनीको नै प्रयोग गर्छन् । हरेक खानेकुरा, चकलेट, मिठाई, चियादेखि बजारमा पाइने पेय पर्दाथसम्म चिनीको प्रयोगबाट अछुतो हुँदैन । जुन एकदम खतरनाक र दुर्भाग्य भएको अनुसन्धानकर्ताहरुले जनाएका छन् ।
अध्ययनका अनुसार अनावश्यक मात्रामा चिनीको सेवनले मस्तिष्कले व्युत्पन्न गर्ने न्युरोट्रोफिक फ्याक्टरलाई प्रभाव पार्दछ । न्यूरोट्रोफिकको कमिले मस्तिष्कले ठीक ढंगबाट कार्य गर्न सक्दैन, अनि नयाँ कुरा सिक्न धेरै समय लाग्ने, कमजोर स्मृति, पढाई लेखाइमा कमजोरी तथा मानसिक समस्याहरु देखिने संभावाना हन्छ ।
मस्तिष्कले व्युत्पन्न गर्ने न्यूरोट्रोफिकका कारण मधुमेहको समस्या पनि देखिन सक्छ । यसका साथै न्युरोट्रोफिकको कमीले निरासा, पागलपन र अल्जाइमरसँग विशेष सम्बन्ध रहेको हुन्छ ।
धेरै चिनीे राखिएको खानेकुरा लगातार खान थाल्यौं भने हाम्रो मस्तिष्कले नखान निर्देश गर्छ जस्तो कि धेरै चिनी खायो भने तीतो हुन्छ भन्नुको अर्थ नै यहि हो ।
चिनी र मुटु रोगः
चिल्लोले भन्दा चिनीले मुटु र रक्तनलीलाई नराम्रो असर गर्छ । चिनीले मुटुसँग सम्बन्धित रोगहरु तथा हृदयघातको सम्भावना बढाउँछ । चिया, कफीमा हालिने चिनीको मात्रा कटौती मात्र समस्याको समाधान होइन ।
केक, बिस्कुट, बजारिया तयारी खानेकुरा तथा प्याकेट जुसमा हुने हुने गुलियो झनै खतरनाक हन्छ यस्ता खानेकराहरुदे छिट्टै खराब कोलेस्ट्रोल बढाउँछ, रक्त धमनीलाई साँघुरो बनाइदिन्छ, ब्लड ग्लुकोज र इन्सुलिनलाई बढाइदिन्छ र समग्रमा अनावश्यक मोटोपन ल्याइदिन्छ । त्यसले मुटु रोग र मधुमेहको उच्च जोखिम निम्त्याउँछ ।
चिनी र कुलतः
लागूऔषध, मदिरा वा अन्य कुनै पनि प्रकारको कुलत भएका मानिसहरु चिनी वा गुलियो बढी भएका जंक फुड, प्यास्ट्रिज, मिठाई वा डेर्जटका पारखी हुन्छन् । यस्ता व्यक्तिहरुमा चिनी मोह हुुनुमा एउटा कारण छ ।
चिनीले दिमागमा उत्पादन हुने डोपामाइन नामक न्युरोट्रान्समिटरलाई बाहिर निकालिदिन्छ, जसले गर्दा चिनीप्रति उनीहरुको मोह बढ्छ । लागूऔषध प्रयोगकर्ताले जति चिनी खान्छन्, त्यति नै उनीहरुको दिमागबाट डोपामाइन बाहिर निस्कासन भइरहेको हुन्छ र सधैँ उनीहरु सन्की मुडमा रहन्छन् । स्मरण रहोस् डोपामाइनले मानिसलाई बढी खुसी बनाउँछ ।
चिनी र कलेजोः
खानेकुराहरुबाट दुई प्रकारको सुगर प्राप्त हुन्छ– ग्लुकोज र फ्रुक्टोज । मह तथा पाकेका फलहरुबाट प्राप्त हुने गुलियोलाई फ्रुक्टोज भनिन्छ । शरीरको हरेक कोषलाई ग्लुकोजको आवश्यकता भए पनि ग्लुकोजको अधिक उपभोग शरीरकै लागि खतरा हुन्छ ।
कलेजोले चिनीलाई बोसोमा बदल्ने काम गर्छ । धेरै चिनी खाइयो भने कलेजोको काममा भार पर्छ । र, अतिरिक्त बोसो कलेजोमा जम्न पुग्छ । यसले कलेजो ड्यामेज हुन सक्छ । केही अध्ययनका अनुसार, चिनीले कलेजोलाई रक्सीजस्तै खराब गर्दछ ।
चिनी र क्यान्सरः
चिनीबाट क्यान्सर लाग्ने विषय कुनै काल्पनिक भनाइ होइन । अत्यधिक चिनीको मात्रा क्यान्सरको एउटा संकेत हो । स्मरण होस् शरीरको कोषको वृद्धिलाई नियन्त्रण गर्न इन्सुलिनले महत्वपूर्ण भूमिका खेल्दछ । उच्च गुलियो परिकारबाट उत्पन्न र संग्रहित इन्सुलिनले प्रोस्टेट, पेट र छातीको क्यान्सर हुने विभिन्न अध्ययनले देखाएका छन् ।
चिनी र दाँतः
चिनी दाँतका लागि निकै हानिकारक हुनुको साथै दाँत तथा गिजामा हुने रोगको प्रमुख कारण हो । हुन त चिनी क्यालोरी शून्य हुन्छ तर यसले खानेकुराबाट प्राप्त पोषणलाई सोसिदिन्छ । तसर्थ गुलियो चिज खाएपछि दाँत माँझ्नु भएन भने मुखमा भएको सुगरले मुखभित्र ब्याक्टेरिया उत्पन्न हुन र हुर्कन सहयोग पु¥याउँछ ।
चिनी र बूढोपनाः
खानामा धेरै चिनी भयो भने छालाको चमक हराउँछ र छाला चाउरी पर्छ । त्यस्तै शरीरमा गुलियो मात्रा बढी भएमा अनुहारमा दाग देखिनुका साथै मानिसलाई वास्तविक उमेरभन्दा बढी देखाउँछ । त्यसैले छिटै बढोपनाबाट बच्न चिनीको मात्रा कम गर्न आवश्यक छ ।
चिनी र पेट रोग मधुमेहः
डायबिटिज अर्थात् मधुमेह अहिले संसारकै बढ्दो स्वास्थ्य समस्या हो । यस समस्याको प्रमख कारण चिनी हो । चिनी तथा बढी ग्ुलियो खानेकुराले रगतमा इन्सुलिनको मात्रा बढ्छ र डायबिटिजको जोखिम बढ्छ । डायबिटिज मिर्गौला खराबी हनको एक प्रमख कारण हो ।
हो, शरीरलाई प्राकृतिक रुपमा चिनी चाहिन्छ । जुन दैनिक आहार, फलफूल तथा अन्य फाइवरयुक्त खानेकुराहरुबाट सहजै प्राप्त गर्न सकिन्छ । यस्तो चिनीको मात्राले शरीरलाई असर गर्दैन ।
हाम्रो मस्तिष्कको कोषिका सक्रिय हुन ग्लुकोज अर्थात गुलियो रक्तकोषको आवश्यकता पर्दछ । तर बाह्य मिश्रित चिनीले समस्या सिर्जना गरिदिन्छ ।
त्यसैले सकेसम्म प्राकृतिक खानेकुराबाटै चिनीको मात्रा प्राप्त गर्नु उत्तम हुन्छ । त्यसका लागी बजारमा पाइने गुलियो पदार्थ कम खाने र अग्र्यानिक फलफूल, मह तथा उखु जस्ता गुलियो खानेकुराहरुमा बढी जोड दिनु ठीक हुन्छ ।
सेतो चिनीका ठाउँमा खैरो चिनी, धागोवाला मिश्री, मह तथा गुढ सेवन गर्न उचित हुन्छ । चिनी भन्दा मिश्री, मिश्री भन्दा गुढ स्वस्थ्यकर मानिन्छ । डब्लुएचओको सुझाव छ, स्वास्थ्यका लागि प्रत्येक सरकारले चिनीको प्रयोग घटाउने नीति ल्याउनु जरूरी छ । स्वास्थ्य ठीक राख्न प्रत्येक नागरिकले खाना छनोटमा परिवर्तन नल्याई धरै छैन ।