प्रकृतिले कहिल्यै गल्ति गर्दैन । प्रकृति आफ्नो नियम अनुसार आफ्नै लय र गतिमा चल्दछ । प्रकृतिमा विद्यमान वनस्पति तथा अन्य प्राणीहरु पनि प्रकृतिको नियम अनुसार नै चल्दछन् । तर सृष्टिको सबैभन्दा बढी बुद्धिमान मानिने मानिसले नै प्रकृतिको नियम उल्लंघन गर्छन् ।
अनि अनेक समस्याहरु निम्ताउँछन्, बिमार हुन्छन् । अहिले जतिपनि रोगहरु देखिएका छन्, त्यसको मुल कारण भनेको नै मानिसको अप्राकृतिक जीवनशैली तथा अप्राकृतिक उपचार पद्धति हो ।
एक पटक कल्पना गरौं त । पहाडको काखमा, हिमालबाट झरेको सफा र सुन्दर नदीको किनारामा एउटा रमणीय गाउँ छ । गाउँ वरिपरि जंगल छ । गाउँका घरहरु काठ र खरले बनेका तथा गाईको गोबर र माटोले पोतेका छन् ।
मानिसहरुले घरघरमा गाईवस्तु पालेका छन् । भोजनका लागि आफै खेतीपाती गर्छन् । गाउँमै प्रांगारिक मल हालेर उब्जाएको खाद्यपदार्थ तथा जंगली कन्दमूलहरु बाहेक अहिलेको बजारमा पाइने जस्तो कुनै पनि औद्यौगिक खाद्यपदार्थहरु प्रयोग गर्दैनन् । गाउँलेहरुमा कुनै रीसराग तथा आपसी प्रतिस्पर्धा छैन ।
धनसम्पत्ति जोडेर धनी हुने इच्छा पनि कसैको छैन । बिहान कुखुराको बासमा उठ्छन् । दिनभरि आ–आफ्नो काम खुब मेहनतको साथ गर्छन् । उकालो–ओरालो गर्छन् । रुखबाट ताजा फलपूmलहरु टिपेर खान्छन् । साँझ चराुचरुंगीसँगै घर फर्किन्छन् । दाउराको आगोमा पकाएको खाना खान्छन् । अनि राती चैनको निद सुत्छन् ।
के यस्तो गाउँका मानिसहरु कब्जियतबाट पीडित हुन सक्छन् ? अपच, ग्यास्टिक, अल्सर तथा क्यान्सरबाट पीडित हुन सक्छन् ? मोटोपनले ग्रस्त हुन सक्छन् ? मधुमेह, थाइरोडिज्म, बाथ, दम, मुटुको रोग, रक्तचाप, लिभर सिरोसिस, मृर्गौलाको रोग तथा पाइल्स आदिको शिकार हुन सक्छन् ? दाँत दर्द, कान दर्द तथा शिर दर्दका कारण टाउको समाएर बस्छन् ? के यिनीहरुलाई चिन्ता तथा डिप्रेसनले जिउँदो लास बनाउन सक्दछ ?
पक्का पनि सक्दैन । यसमा दुई मत छैन । यस उदाहरणबाट मानिसको स्वास्थ्यमा प्राकृतिक आहारबिहारको कति ठूलो महत्व रहेछ भन्ने प्रष्ट हुन्छ । वास्तवमा मानिसको स्वाभाविक र प्राकृतिक आहार भनेको प्रकृतिबाट सिधैं प्राप्त हुने खाद्यपदार्थहरु हुन् । त्यसैले रोगबाट मुक्त हुन र स्वस्थ रहन मानिसको आहारबिहार प्राकृतिक हुन अनिवार्य छ । यसको कुनै विकल्प छैन ।
प्राकृतिक आहारः
मानिस प्रकृतिको सुन्दर रचना हो । मानिस पनि अन्य प्राणीहरु जस्तै प्रकृतिको एक अभिन्न अंग हो । प्रकृतिले जसरी मानिसलाई सिर्जना गरेको छ, सोही अनुसार मानिसका लागि आवश्यक आहार पनि उपलब्ध गरिदिएको छ ।
प्रकृतिमा रहेका अन्न, फलफूल तथा जल नै मानिसका प्राकृतिक आहार हुन् । तर हिजो आज मानिसले ती प्राकृतिक आहारको गुण नै बिग्रने गरी प्रशोधित र रिफाइन्ड गरिएका खाना, कृत्रिम रंग एवं रासायनिक पदार्थ मिसाइएका खाद्यपदार्थ प्रयोग गर्ने गरेका छन् । जसलाई आधुनिक आहारशैली र सभ्यताको परिचय दिनसमेत पछि परेका हुँदैनन् ।
प्राकृतिक मकैले दिने फाइदा कर्नफलेक्सले दिँदैन ।
शुद्ध गहुँको पिठोमा रहेको प्राकृतिक गुण ओटमिलमा पक्कै हुँदैन । ताजा फलफूलमा पाइने भिटामिन प्रशोधन गरेर र अनावश्यक चिनीको मात्रा मिलाएर तयार पारिएका जुसमा अवश्य पाइदैन ।
आजका सबै बजारिया खाना यस्तै प्रशोधित र रासायनिक तत्व मिसिएका हुन्छन् । विज्ञापनले खिचिसकेको छ मानिसको आहारलाई र पछाडि पारिदिएको छ स्वास्थ्यलाई । यही कारणले नै मानिसहरुलाई अनेक रोगहरुले गाँजेको छ ।
त्यसैले मानिस स्वस्थ रहन प्रकृतितिर नफर्की हँुदैन । प्रकृतिको न्यानो काखले मानिसको सुख र स्वास्थ्य पर्खिरहेको छ । त्यसैले यदि तपाईं अपच, ग्यास्टिक, अल्सर, मोटोपन, मधुमेह, थाइरोडिज्म, बाथ, दम, मुटुको रोग, रक्तचाप, फ्याटि लिभर, मृर्गौलाको रोग, पाइल्स, कमर दर्द, शिर दर्द, अनुहारको दागधब्बा, कालोपोतो, डण्डीफोर, पाठेघरको समस्या, यौन समस्या, थकान, चिन्ता तथा डिप्रेसन आदि कुनै पनि दीर्घरोगहरुबाट पीडित हुनु भएको छ भने आजैबाट प्राकृतिक आहारबिहार शुरु गनुहोस्, तीन महिनामा नै यस्ता रोगहरुबाट मुक्त हुन सक्नु हुनेछ ।
हजारौं मानिसहरुले यसरी नै आफ्नो आहारबिहारमा परिवर्तन गरेर यस्ता रोगहरुबाट मुक्त भएको उदाहरणहरु छन् ।
प्राकृतिक आहारको सेवन शुभारम्भ गर्नु पहिला शरीर भित्र वर्षौ वर्षदेखि थुप्रिएका अप्राकृतिक खाद्यपदार्थका टक्सिनहरु सफा गर्न आवश्यक हुन्छ । जस्तो कि झुक्किएर पेट्रोलका गाडीमा डिजल हालियो भने पहिला गाडीबाट डिजल निकाल्नु पर्छ । अनि पेट्रोल हाल्नु पर्छ ।
उपवास, मालिस, कुजल तथा एनिमाद्धारा शरीर सफा गरेपछि निम्न चार गुणहरु भएका प्राकृतिक आहार शुरु गर्नुपर्छ । अमृत खाद्यपदार्थ (लिभिंग फुड) । संपूर्ण खाद्यपदार्थ (होलसम फुड) । वनस्पतिजन्य खाद्यपदार्थ (प्लान्ट बेस्ड फुड) । रसद्धार खाद्यपदार्थ (वाटररिच फुड) ।
अमृत खाद्यपदार्थः
कुनै पौष्टिक तत्वहरु नभएको मृत औद्योगिक खाद्यपदार्थ मानिसको स्वाभाविक आहार होइन, प्रकृतिबाट सिधैं प्राप्त हुने, नमरेका अमृत खाद्यपदार्थ (लिभिंग फुड) नै मानिसको स्वाभाविक आहार हो । अमृत या नमरेका खाद्य पदार्थ भन्नाले प्राण भएका खाद्यपदार्थ हुन्, जो उर्मिन सक्छन् ।
जस्तो चना, आलु तथा केराउ आदि । तर, बिस्कुट तथा चाउचाउ उर्मिन सक्दैनन् । बिस्कुट, चाउचाउ तथा कुरकुरे जस्ता मृत औद्योगिक खाद्यपदार्थहरुले शरीरमा टक्सिन बढाएर मानिसलाई बिरामी बनाउँछन् भने गेडागूडी, फलपूmल तथा सागपात जस्ता प्राण भएका अमृत पदार्थहरुले शरीरलाई उर्जा दिन्छन्, पोषण दिन्छन्, शरीरबाट रोगहरुलाई खेद्छन् ।
त्यसैले आजबाट बिस्कुट तथा चाउचाउको ठाउँमा नरिवल वा फलपूmलहरु खानुहोस् । कोल्डडिं«ग्सको ठाउँमा नरिवलको पानी वा कागती पानी खानुहोस् । दालमोठको ठाउँमा फलपूmल र सागपातको सलाद खानुहोस् ।
सम्पूर्ण खाद्यपदार्थः
स्वस्थ रहन तथा रोगहरुबाट मुक्त हुन सम्पूर्ण खाद्यपदार्थ (होलसम फुड) खानुपर्छ । मानिसले गल्ति गर्न सक्छन् । तर प्रकृतिले कहिल्यै गल्ति गर्दैन । मानिसले चिनी बनाएका छन् । तर प्रकृतिले उखु, मकै तथा खजुर बनाएको छ । त्यसैले राइस होइन, ब्राउन राइस, चिनी होइन, भेली, आलु चिप्स होइन, आलु, पाउरोटी होइन, सुक्का रोटी, पकौडा होइन, अंकुरित चना आदि खाने गर्नुहोस् ।
वनस्पतिजन्य खाद्यपदार्थः
माछामासु मानिसको स्वभाविक आहार होइन । मानिसको शरीरको बनौट, दाँत, नंग्रा, छाला, आन्द्रा र पाचन क्रियाका कुनै पनि अंग मांसाहार पचाउन सक्ने प्रकृतिका नै छैनन् । मांसाहारका फाइदा भन्दा बेफाइदा धेरै हुँदाहँुदै पनि स्वादका कारण माछामासु त्याग्न सकेको छैन मानिसले ।
मांसाहारको सेवन बढ्नाले नै हृदयाघात, कोलेस्ट्रोल, उच्च रक्तचाप, आन्द्राको क्यान्सर, मानिस क्रोधी, स्वार्थी एवं हिंस्रक बन्दै जानु र अस्तव्यस्त एवं तनावपूर्ण देखिनु आदि लक्षण बढ्दै गएको पाइन्छ । मासु मात्र होइन, दुःध र दुग्धजन्य पदार्थ पनि मानिसलाई फाइदाजनक छैन ।
एक त अहिले शुद्ध दुःध नै पाइँदैन, अर्को कुरा दुःध बालक, श्रमिक तथा खेलाडीहरुको लागि मात्र उत्तम छ । शारीरिक श्रम कम गर्ने मानिसलाई उपयुक्त छैन । त्यसैले स्वस्थ रहन जनवारजन्य पदार्थ होइन, वनस्पतिजन्य खाद्यपदार्थ (प्लान्ट बेस्ड फुड) सेवन गर्नुपर्छ । माछा, मासु र अण्डाको ठाउँमा चना, भटमास, बदाम तथा ओख्खर, गाईभैंसीको दुःधको ठाउँमा नरिवलको दुःध सेवन गर्नुपर्छ ।
रसद्धार खाद्यपदार्थः
मानिसको शरीरमा ७० प्रतिशत पानी छ । बाँकी ३० प्रतिशत हाडमासु आदि छ । त्यसैले मानिसले सेवन गर्ने ७० प्रतिशत फुड्स रसद्धार हुनु पर्छ भने ३० प्रतिशत कम रस भएका अन्न हुनुपर्छ ।
यस धरतीमा पानीको मात्राको हिसाबमा दुई थरिका फुड्स छन्, रसद्धार फुड्स र कम रस भएका फुड्स । खरभुजा, मेवा, कागती, सुन्तला, अंगुर आदि फलपूmलहरु तथा टमाटर, सागपात, काँक्रो, लौका, फर्सी आदि भेजिटेबल्स रसद्धार फुड्स हुन भने चामल, गहँु, मकै, गेडागूडी तथा नट्स रस कम भएका फुडस हुन् । तर अहिले मानिसहरुले रसद्धार खाद्यपदार्थ (वाटररिच फुड) निकै कम र रस कम भएका पदार्थ बढी खाने गर्छन् ।
अन्तमाः
हो, रोगमा क्षणिक राहत पाउन र दुखाई कम गर्न औषधि सहायक हुन सक्दछ, तर औषधिबाट कदापि स्वास्थ्य प्राप्त हुदैन । मानिस रोगबाट मुक्त हुन र स्वस्थ रहन आहारबिहार ठीक हुन जरुरी छ । त्यसैले प्रकृतितिर फर्कौ । प्राकृतिक जीवनशैली अपनाऔं, रोगहरुबाट मुक्त होऔं, सुखी, स्वस्थ र दीघार्य जीवन बाँचौ ।
(लेखक साइकोथेरापिष्ट तथा मेमोरी ल्याब प्रमुख हुन् ।)