काठमाडाैँ- ताप्लेजुङ जिल्लाको मेरिङदेन गाउँपालिकामा निर्माण हुने ५० मेघावाट क्षमताको मेवा खोला जलविद्युत आयोजनाको लागि ७ वटा बैंकहरुले ऋण लगानी गर्ने भएका छन्।
युनाइटेड मेवा खोला हाइड्रोपावर प्रा.लि प्रवद्र्धक रहेकोे आयोजनामा सिटिजन्स बैँक इन्टरनेसनल लि. को अगुवाईमा कुमारी बैंक, मेगा बैंक, नेपाल इन्फ्रास्ट्रचर बैंक, सिद्धार्थ बैंक, नेपाल एस.बि.आइ बैंक र सिभिल बैँकले लगानी गर्ने भएका हुन्। यी बैंकहरुबीच ७ अरब रुपैया ऋण लगानी गर्ने गरि वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण सम्झौतामा हस्ताक्षर भएको हो।
परियोजनाको अनुमानित लागत करीब ९ अर्ब रुपैया मध्ये बैंकहरुले ७५ः२५ को ऋणःस्वपुँजी अनुपातमा रु.६ अर्ब ७५ करोड बराबरको ऋण लगानी गर्ने उल्लेख छ । यस मध्ये, सिटिजन्स बैंकबाट रु.१ अर्ब ४५ करोड, कुमारी बैंकबाट रु.१ अर्ब, मेगा बैंक नेपालबाट रु.१ अर्ब, नेपाल इन्फ्रास्ट्रचर बैंकबाट रु.१ अर्ब नेपाल एस.बि.आइ बैंकबाट रु.८० करोड,सिद्धार्थ बैंकबाट रु.१ अर्ब, र सिभिल बैंक बाट रु.५० करोड लगानी हुनेछ भने २५% स्वपुँजी प्रवद्र्धकहरुबाट जुटाइने छ ।
आयोजनाको निर्माण आगामी तीन वर्ष भित्रमा नै निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने बताइएको मेवा खोला हाइड्रोपावर प्रालिले जनाएको छ। आयोजनाले नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, वन तथा वातावरण मन्त्रालय लगायत सरोकारवाला निकायहरुमा गर्नुपर्ने सबै कानूनी प्रत्रृmया पुरा गरी आयोजना निर्माणाधीन अवस्थामा रहेको व्यहोरा जानकारी समेत गराएको छ।
निर्माण सम्पन्न पश्चात उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको कोशी कोरिडोर अन्तर्गको ढुङ्गेसाँघु स्थित सबस्टेशनमा जोडिने छ । आयोजनाबाट हिउँदमा ९७.४२४ गिगावाट घन्टा र वर्खामा २०५.५८७ गिगावाट गरी बार्षिक ३०३.०११ गिगावाट घन्टा विद्युत उत्पादन हुने मेवाखोला हाइड्रोपावर प्रालिले जनाएको छ।