भैरहवा - रेनल्ट कम्पनीको न्यु रेनल्ट काइगरको विक्री शुभारम्भ भएको छ । भैरहवा क्षेत्रका लागि रेनल्ट गाडिको आधिकारीक बिक्रेता भैरहवा अटो कम्पनिले आईतबार एक कार्यक्रमका बीच न्यु रेनल्ट काइगर सार्वजनिक गरेको हो ।
नयां गाडिको सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष नेत्रप्रसाद आचार्यले सार्वजनिक गरेका हुन्। सो अवसरमा आचार्यले पछिल्लो समय भैरहवामा अटोमोबाइल कम्पनीहरुले निकै प्रगति गरेको बताए । केही वर्ष अघिसम्म गाडी किन्नेहरुको रोजाई काठमाडौ वा अन्य शहरमा भएपनि पछिल्लो समय यहांको अटो व्यवसायले सोंचे भन्दा धेरै राम्रो सेवा दिएको उनले बताए । उनले लुम्बिनी प्रदेशको नाममै अब गाडीहरु दर्ता गर्ने प्रकृया अगाडी बढाउन संचालकहरुलाइ आग्रह गरे । देश संघीयतामा गै सके पनि अहिले सम्म बागमती प्रदेशकै नाममा दर्ता हुंदै आएको पारिपाटी फेर्नु पर्ने र यसले लुम्बिनी प्रदेशको प्रचारमा समेत टेवा पुग्ने उनले बताए ।
कार्यक्रममा कम्पनीका अटो ईन्जिनियर विरेन्द्र गुप्ताले नयां गाडिको विषेशताका बारेमा जानकारी दिए । उनका अनुसार यसयुभी बर्गको यो कारको स्पोर्टी लुक रहेको र रेनल्टकै यस अघिका यसयुभी डस्टर र क्याप्चर भन्दा केही सानो आकारको रहे पनि इन्जिन र शक्तिमा उनिहरु जस्तै रहेका छ ।
१ हजार सिसि क्षमता रहेको यो कारको ग्राउण्ड क्लियरेन्स २ सय ५ एमएम रहेको गुप्ताले जनाए । 'यस्तै ४ सय ५ लिटरको बुस्ट स्पेस रहेकोले पहाडी बाटोमा समेत गाडि उपयुतm रहेको उनले बताए । नेपाली बाटोलाई सुहाउने फिचर छ' उनले भने ।
बिक्री सुरु भएको यो गाडीको मूल्य २८ लाख ४९ हजार देखि सुरु भै ३८ लाख १९ हजार सम्म रहेको कम्पनीका सन्चालक घनश्याम यादवले जनाए ।