बुटवल- लुम्बिनी प्रदेश सभामा आर्थिक वर्ष २०७८/०७९ को बजेटमाथि छलफल सकिएको छ । आइतबारदेखि शुरु भएको बजेटमाथिको छलफल आज मंगलबार सकिएको हो ।
मन्त्रालयहरुको विभिन्न शिर्षकमा समष्टिगत छलफलमा भाग लिँदै विपक्षी दलका सांसदले अल्पमतको सरकारले ल्याएको बजेट कार्यकर्तामूखी भएकाे बताउँदै आलोचना गरेका थिए । सत्तापक्षका सांसदले भने विकास र समृद्धिलाई लक्षित गरेर बजेट आएको दावी गरे ।
मंगलबार छलफल सकिएपछि अब बिहीबार प्रदेशका मन्त्रीहरुले बजेटमा उठेका प्रश्नको जवाफ दिनेछन् । सोही दिन बजेट निर्णयार्थ पेश हुनेछ ।